फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका लागि फलामको खोर राखिएको छ । केही दिनयता भालुले चौपायालाई आक्रमण गर्दै आएको छ । गत सातामा भालुको आक्रमणबाट आठ खसीबाख्रा मरेका छन् भने तीनवटा घाइते भएका छन् । हाङ्देवास्थित बुङ्कुलुङको धुपौरे क्षेत्रमा यसरी भालुले क्षति गरेपछि मङ्गलबार डिभिजन वन कार्यालयको अगुवाइमा फलामे खोर राखिएको […]