जापानीज इन्सेफलाइटिसको संक्रमण उच्च रहेको नवलपरासी सुस्ता पूर्वमा खोप अभियान सञ्चालन

पछिल्लो पाँच वर्षको संक्रमणको अवस्थालाई हेर्ने हो भने जापानीज इन्सेफलाइटिसको संक्रमण नवलपरासी बर्दघाट सुस्ता पूर्वमा उच्च देखिएकोले फागुन २९ गतेदेखि चैत्र ५ गतेसम्म खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा अभियान गौतम बताउँछन्।