इरानी विदेशमन्त्री अराघची एक्कासी चीन जाँदै

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले चीन भ्रमण गर्ने भएका छन् । उनी आजै चीन जान लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । द्विपक्षीय वार्ताका लागि केही बेरमा उनी बेइजिङ प्रस्थान गर्ने अल जजीराले उल्लेख गरेको छ । इरानी विदेश मन्त्रालयले जारी गरेको संक्षिप्त विज्ञप्ति अनुसार भ्रमणका क्रममा अराघचीले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्नेछन् । […]