नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससीसीआई) का पदाधिकारीहरुले नेपालका लागि श्रीलंकाका एम्बेसडर रुवान्ती डेल्पिटियालाई भेटेका छन् । काठमाडौंको बुढानिलकण्ठम अवस्थित श्रीलंका दूतावासमा भएको भेटघाट कार्यक्रममा नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससीसीआई)का माननीय सदस्य डा. राजेश काजी श्रेष्ठ, अध्यक्ष विजय श्रेष्ठ, महासचिव नरेन्द्र बल्लभ पन्त र सदस्य कुमार दाहालको उपस्थिति रहेको थियो […]