काठमाडौँ– काठमाडौंको नागढुंगाबाट १४.२८ ग्राम लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चन्द्रागिरि नगरपालिका–२ नागढुंगास्थित चेकपोस्टमा शनिबार गरिएको जाँचका क्रममा उक्त पदार्थ बरामद गरिएको हो । प्रहरी वृत्त थानकोट र लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा धादिङको नीलकण्ठ नगरपालिका–१४ बस्ने […]