काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई)का राजदूत अब्दुल्ला अल शम्सीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका अवसरमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपतकालीन राहत सहयोग, श्रम तथा नेपाली कामदारको अवस्था, आर्थिक सम्बन्ध, लगानी, हवाई सम्पर्क तथा अन्तरराष्ट्रिय मञ्चमा सहकार्यलगायतका विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । […]