काठमाडौँ नगर पञ्चायतका प्रधानपञ्च सिंहको निधन‚ टेकुमा अन्त्येष्टि

काठमाडौँ। तत्कालीन काठमाडौँ नगर पञ्चायत (२०३० साल) का प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको निधन भएको छ। पक्षाघात भएर लामो समयदेखि घरमै रहेका सिंहको हृदयाघातका कारण शुक्रबार निधन भएको हो। उनको पार्थिव शरीरलाई आज (शनिबार) टेकुस्थित जम्बुदीपमा अन्तिम संस्कार गरियो। उहाँ २०२८ सालमा तत्कालीन वडा ८ (अहिलेको २२) का लागि वडाध्यक्ष पदमा निर्वाचित भएर प्रधानपञ्च हुनुभएको थियो […]