एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हिन्द महासागरमा रहेको चागोस टापुहरू मौरिटियसलाई हस्तान्तरण गर्ने सम्झौताका लागि बेलायतलाई ‘ठूलो मूर्खता’ गरेको आरोप लगाएका छन् । ‘बेलायतले अत्यन्त महत्त्वपूर्ण भूभाग हस्तान्तरण गर्नु ठूलो मूर्खतापूर्ण कार्य हो र यो ग्रिनल्यान्ड अधिग्रहणको राष्ट्रिय सुरक्षासँग सम्बन्धित रणनीतिमा अर्को चुनौती हो’, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा उल्लेख गरेका छन् । […]