बढी मूल्य पाउने आशामा दोसल्लेका किसानले बल्ल टिप्न थाले सुन्तला

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ दोसल्लेका किसानले बढीभन्दा बढी मूल्य लिनका लागि माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका छन्। देशका धेरै ठाउँका बगैँचा रित्तिएपछि उनीहरूले सुन्तला टिप्न थालेका हुन्। दोसल्लेका किसानले विगतको तुलनामा यसपालि राम्रो मूल्य पाएका छन्। यसअघि मंसिर-पुसमा प्रतिक्रेट (२० किलो) १ हजार ७ सय रुपैयाँमा बिक्री हुने गरेको थियो। यसपालि प्रतिक्रेट २ हजार […]