संघले भनेको छ, ' एमडीजीपी बिशेषज्ञ चिकित्सकहरू स्वास्थ्य सेवा प्रणालीको मेरुदण्ड सरह हुन्, जसले आधारभूत, आकस्मिक र सर्जिकल सेवा समेत एकैसाथ प्रदान गर्न सक्ने क्षमता राख्छन्। तर सरकारले हालको ओएन्डएम प्रक्रियामा उक्त बर्गका चिकित्सकहरूको भूमिका र आवश्यकता न्यून आंकिएको देखिन्छ, जसले दुर्गम क्षेत्रका अस्पतालहरूमा सेवा प्रवाहमा प्रतिकूल असर पार्ने छ।'