जेन-जीका नाममा अनलाइनमार्फत चन्दाको धन्दा, पारदर्शितामा प्रश्न

काठमाडौं– राजधानीको माइतीघर मण्डलामा २३ भदौमा युवा पुस्ताद्वारा आयोजना गरिएको ‘जेन-जी’ प्रदर्शन राजनीतिक सक्रियताको उदाहरण बनेको छ । तर, आन्दोलनसँग सम्बन्धित अनलाइन दान व्यवस्थापन र पारदर्शिता अझै चुनौतीपूर्ण बनेको छ । प्रदर्शनको नेतृत्वमा कुनै निश्चित व्यक्ति नहुँदा सामाजिक सञ्जालमा यसलाई ‘लिडरलेस’ अर्थात् नेतृत्वविहीन र गोप्य रूपमा सुरु भएकाले ‘फेसलेस’ अर्थात् अनुहारविहीन नाम दिइएको थियो । […]