काठमाडौं – निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको निष्पक्षता सुनिश्चित गर्न शैक्षिक संस्थासँग सम्बद्ध प्राध्यापक, शिक्षक र कर्मचारीहरूलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन चेतावनी दिएको छ। आयोगले केही शिक्षक र कर्मचारी राजनीतिक दल वा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको उजुरी प्राप्त भएको जनाएको छ। शिक्षा ऐन, २०२८ र निर्वाचन आचारसंहिता, २०८२ अनुसार, […]