राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्। अधिवेशन असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो। राष्ट्रपति कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को असोज १३ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम प्रतिनिधिसभा र राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका हुन्। […]