नालाको वनबाट तान्त्रिक विधिपूर्वक ल्याइयो इन्द्रजात्राको लिङ्गो

काठमाडौँ । उपत्यकाको वसन्तपुर दरबार क्षेत्र यतिबेला वर्षात्‌को बिदाइसँगै आउने सांस्कृतिक उत्सव इन्द्रजात्राको सङ्घारमा उभिएको छ। बर्सेनि मनाइने ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको मुख्य मेरुदण्ड मानिने लिङ्गो (नेपाल भाषामा ‘यःसिं’) काभ्रेको नालास्थित वनबाट विधिपूर्वक काठमाडौँ भित्र्याइएको छ। नालाको वनबाट काठमाडौँसम्म यो भारी लिङ्गोलाई जनशक्तिका भरमा तानेर ल्याउने परम्परा आफैँमा इन्द्रजात्राको एक रोमाञ्चक र महत्त्वपूर्ण सांस्कृतिक […]