रिलायन्सको आइपीओ : कम्पनीको पक्षमा उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं– पाटन उच्च अदालतले रिलायन्स स्पिनिङ मिल्सको पक्षमा अन्तरिम आदेश दिएको छ । अदालतले सर्वसाधरणको लागि जारी गर्न लागेको साधारण शेयर (आइपीओ) रोक्ने पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश बिहीबार दिएको हो । नेपाल धितोपत्र बोर्डले अर्को निर्णय नहुञ्जेल आइपीओको प्रक्रिया रोक्न बिक्री प्रबन्धक आइएमई क्यापिटललाई दिएको आदेशविरुद्ध मिल्स वैशाख ११ गते अदातल गएको थियो । […]