जाँचबुझ आयोगले ओलीनिवास गुन्डुमै पुगेर लियो बयान

काठमाडौं। गत २३ र २४ भदौमा भएको घटनाबारे सत्यतथ्य पत्ता लगाउन गठन गरिएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग बयान लिएको छ। आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार ओलीको गुन्डुस्थित निवासमै पुगेर बयान लिइएको हो। “पूर्वप्रधानमन्त्री ओलीको निवासमा आयोगको टोली पुगेर बयान लिएको हो‚” प्रवक्ता शर्माले नेपालन्युजसँग भने‚ “आयोगलाई चाहिएको कुरा लियौँ।” […]