काठमाडौं– शिक्षामन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुने बताएका छन् । बिहीबार काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको ६७ औं वार्षिक दिवस समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका सहकुलपति समेत रहेका मन्त्री पोखरेलले अबका ४ वर्षमा भागबन्डाको राजनीति पूर्ण रूपमा अन्त्य गरिने बताएका हुन् । उनले सरुवा, बढुवा, वा नियुक्तिमा कुनै पनि राजनीतिक वा दलीय दबाब आउन नदिने […]