ताप्लेजुङ, ९ असोज । मनसुनजन्य गतिविधिका कारण विपद्को जोखिमलाई मध्यनजर गर्दै जिल्ला अस्पताल ताप्लेजुङले स्वास्थ्य सेवा निरन्तरता र विपद् प्रतिकार्यका लागि आवश्यक तयारी गरेको छ । अस्पतालले अत्यावश्यक अवस्थाबाहेक कर्मचारी तथा स्वास्थ्यकर्मीको सात दिनसम्मको बिदा र काज स्वीकृत नगर्ने निर्णय गरेको छ । यो निर्णय बिहीबारदेखि कार्यान्वयनमा आएको हो । सम्भावित विपद्मा आवश्यक जनशक्ति अस्पतालमै […]