कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा श्रद्धालुको ठूलो भीड लागेको छ। दिवंगत पितृको स्मरण तथा जीवित बुबाप्रति सम्मान प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वर महादेव मन्दिर तथा बागमती नदी किनारमा भक्तजनको चहलपहल बढेको हो। कुशे औंसीका दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पुगेर दिवंगत पितृका नाममा श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने धार्मिक परम्परा छ। […]