खाँदबारी– यहाँको खाँदबारी नगरपालिका–४ स्थित सेकाहामा आजदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरु भएको छ । तमु ल्होसारका अवसर पारेर सेकाहा सामुदायिक विकास क्लबले महोत्सव आयोजना गरेको हो । महोत्सवको उद्घाटन गर्दै खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले स्थानीय कला, संस्कृति र मौलिक पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन महोत्सवले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले सेकाहाको ऐतिहासिक महत्वलाई उजागर गर्दै […]