बर्खास्त सिपाहीको विध्वंस : डीएसपीको बर्दी लुटे, प्रहरी कार्यालय जलाए

२४ भदौमा जेन-जीको आन्दोलनका क्रममा काठमाडौँ उपत्यकाका तीन जिल्लाका अधिकांश प्रहरी कार्यालय जलाइएका थिए। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालका अनुसार मातहतका १२२ वटा कार्यालय पूर्णरूपमा जलेका छन्। प्रहरीका ११७ वटा चारपांग्रे र १५८ वटा मोटरसाइकल जलाएर ध्वस्त पारिए। हतियार, बर्दी, ढालडन्डा, सञ्चार सेट र बन्दुकसमेत आन्दोलनकारीले लुटेका थिए। […]