नारायणी अस्पतालको बाल वार्डको स्टोर आगलागी

अस्पतालका निर्देशक डा. चुमनलाल दासका अनुसार आगलागीको खबर पाउनेबित्तिकै दमकल बोलाइएको थियो र दमकलको सहयोगमा आगो तत्काल नियन्त्रणमा लिइएको थियो। विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।