सरकारले निजी स्वास्थ्य संस्थामा उपचार गराएबापत ३ प्रतिशत स्वास्थ्य समता शुल्क लगाउने निर्णय गरेसँगै शुक्रबारदेखि स्वास्थ्य सेवा थप महँगो भएको छ। सरकारले आर्थिक विधेयक २०८३ मार्फत साउन १ गतेदेखि उक्त निर्णय कार्यान्वयनमा ल्याउने बताउँदै आएको थियाे। यसले स्वास्थ्य सेवा थप महँगो भएको भन्दै सरोकारवालाहरूले यसको विरोध समेत गर्दै आइरहेका छन्।