शनिबार दिउँसोदेखि चार प्रदेशका नदीमा बहाव बढ्न सुरु हुने, उच्च सतर्कता आवश्यक

जल तथा मौसम विज्ञान विभागले शनिबार दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रहरूमा वर्षा सुरु भई नदीहरूमा बहाव बढ्न सुरु हुने पूर्वानुमान जारी गरेको छ। विभागका अनुसार हालसम्म देशभरका प्रमुख नदीहरूमा जलसतह सामान्य र स्थिर रहेको छ। विभागका बाढीविद् विनोद पराजुलीले जानकारी दिए अनुसार, शनिबार दिउँसोसम्म सबै प्रमुख नदीहरूमा अवस्था सामान्य नै रहने […]