अमेरिकामा आजदेखि हवाई यात्रामा नयाँ नियम, रियल आइडी नहुनेलाई ४५ डलर शुल्क

अमेरिकामा आजदेखि हवाई यात्रा गर्ने यात्रुहरूका लागि नयाँ र परिमार्जित नियम औपचारिक रूपमा कार्यान्वयनमा आएको छ। यातायात सुरक्षा प्रशासन (टीएसए) ले ल्याएको नयाँ व्यवस्थाअनुसार, अबदेखि विमानस्थलको सुरक्षा जाँच विन्दुमा ‘रियल आइडी’ वा अन्य कुनै आधिकारिक परिचयपत्र नभएका यात्रुहरूले हवाई यात्राका लागि अतिरिक्त शुल्क तिर्नुपर्नेछ। यस्ता यात्रुहरूले ४५ डलर शुल्क तिरेर वैकल्पिक पहिचान प्रमाणीकरण प्रक्रियामार्फत उडान […]