एजेन्सी– युरोपेली सङ्घ (ईयू) ले सोमबार एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्सविरुद्ध औपचारिक अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान एक्समा प्रयोग हुँदै आएको एआई च्याटबट ग्रोकले महिला तथा नाबालिगहरूको यौनिक डीपफेक तस्बिरहरू सिर्जना गर्न सक्ने विषयसँग सम्बन्धित रहेको बताइएको छ । अन्तर्राष्ट्रिय स्तरमै आलोचना र चासो बढिरहेको अवस्थामा यो कदम चालिएको हो । […]