रामकृष्णलाई तनाव दिँदै, वर्षालाई रुवाउँदै फ्लप भयो ‘मालती मंगले’

काठमाडौं – प्रदर्शनको संघारमा बहिष्कारमा परेको फिल्म ‘मालती मंगले’ फ्लप भएको छ । वैशाख २५ बाट प्रदर्शनमा आएको यस फिल्मले जेठ ९ सम्म मात्रै ५१ लाख ६३ हजार ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डले जनाएको छ । सुरुवाती १६ प्रदर्शन दिनमा यो फिल्मको व्यापार न्यून देखिएको हो । बक्स अफिसमा फ्लप साबित भएको हो । […]