बलियो मानिएको सुदूरपश्चिमको पहिलो खेलमै किन कमजोर ब्याटिङ? यस्तो छ प्रशिक्षक र कप्तानको विश्लेषण
फितलो ब्याटिङपछि टोलीका प्रशिक्षक मिसबाह उल हक र कप्तान दीपेन्द्रसिंह ऐरीले कमजोरी स्वीकार गरेका छन्। दुवैको भनाइको सार एउटै छ—ब्याटिङमा धैर्यको कमी, महँगा सट खेल्ने प्रवृत्ति, लगातार विकेट पतन र साझेदारी बनाउन नसक्नु नै हारका प्रमुख कारण बने।