कपिलवस्तुको बनकसबासामा बस दुर्घटना हुँदा पैदलयात्रीको मृत्यु, पाँच जना घाइते

कपिलवस्तु। पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ। राति करिब २ बजे काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो। सो क्रममा बसले एक पैदलयात्रीलाई ठक्कर दिएको र बसमा सवार पाँच जना यात्रु घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। […]