बझाङमा भूकम्पको धक्का : केही घरमा क्षति

काठमाडौं– बझाङमा बुधबार राति भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति १ बजेर ८ मिनेटमा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको केन्द्रले जनाएको छ । मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको थियो। भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको छ। […]