काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डको घोप्टेभीरमा खसेको ठूलो सुक्खा पहिरो हटाइएपछि सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ । सोमबार बिहान ठूलो पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको राजमार्ग निरन्तरको प्रयासपछि खुलाइएको सडक विभागले जनाएको छ । सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले पहिरो पन्छाउने काम सम्पन्न भएसँगै यातायात आवागमन पुनः सञ्चालनमा आएको जानकारी दिए […]