कर्मचारीका दलगत संगठन खारेज हुनुपर्छ

२०४६ सालमा बहुदल घोषणालगत्तै खुला परिवेशमा रेन्जर संगठन र अमिन संगठनजस्ता अनेकन् संगठनको स्थापना भयो। त्यतिबेला प्रधानमन्त्री हुनुहुन्थ्यो, कृष्णप्रसाद भट्टराई। उहाँलाई भेटेर हामीले भन्यौं– कर्मचारीको एउटा मात्र संगठन हुनुपर्छ। जसले गर्दा सरकारसँग आधिकारिक रूपमा सम्पर्क गर्न सजिलो होस्। संगठनको काम राजनीति गर्ने हुनु हुँदैन। किसुनजीलाई हाम्रो प्रस्ताव राम्रो लाग्यो। खुसी हुनुभयो। फलस्वरूप सबै कर्मचारीको साझा […]