गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग गर्दै उनका आफन्त, साथीभाइ तथा समर्थकहरूले शनिबार वीर अस्पताल अगाडि प्रदर्शन गरेका छन्। प्रदर्शनमा सहभागीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा गणेश नेपालीलाई न्याय दिलाउन सरकारसँग माग गरेका थिए। प्रदर्शनमा मुगुका पूर्व दलित सभासदहरू, फिल्म निर्देशक मिनभान बानलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता […]