बाढीले रसुवागढी नाका ध्वस्त पारेपछि मानसरोवर गएकाहरु तातोपानीबाट फर्कंदै , चाप धान्नै मुस्किल

काठमाडौं — भदौ १० गते आएको आकस्मिक बाढीपहिरोले चीनसँग जोडिएको रसुवागढी नाका र त्यहाँको अध्यागमन कार्यालय ध्वस्त भएपछि सिन्धुपाल्चोकस्थित तातोपानी नाकामा यात्रुको चाप अस्वाभाविक रूपमा बढेको छ। बाढीमा परेर रसुवागढी अध्यागमन कार्यालयका चार कर्मचारी बेपत्ता भएकामध्ये कार्यालय प्रमुख यादव भण्डारीको शव फेला परेको छ भने अन्य तीन जना अझै सम्पर्कविहीन छन्। बाढीले रसुवागढी नाकाको भौतिक […]