१३ गतेसम्म अनुदानको रकम नपाए आन्दोलनमा उत्रिने उखु किसानको चेतावनी

काठमाडौँ- नेपाल उखु उत्पादक महासंघले आगामी मंसिर १४ गतेदेखि पुनः आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ। आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उखु उत्पादक किसानहरूले मंसिर १३ गतेभित्र पाउनुपर्ने करिब ७५ करोड अनुदान भुक्तानी नपाए र उखुको प्रतिक्विन्टल ७५० कायम नगरिए आन्दोलनमा उत्रिने बताएका हुन्। ‘विगत सालको ३५ रुपैयाँ प्रतिक्विन्टलको दरले हुन आउने […]