फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उपयुक्त वातावरण बनिसेको बताएका छन् । उनले दुई चरणमा चुनाव हुने भनि गरिएका हल्ला निराधार भएको स्पष्ट पारे । सप्तरीको राजविराजमा आज साँझ सञ्चारकर्मीहरूसँगको सङ्क्षिप्त कुराकानीमा उनले निर्वाचनबारे कुनै शङ्का छैन र निर्वाचन देशभर एकै चरणमा हुने बताए । देश चुनावमय बन्दै गएको […]