वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले गत भदौ २३ गते भएको जेन-जी आन्दोलन र त्यसपछि देखिएको विध्वंशको मुख्य जिम्मेवारी केपी ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकारमाथि रहेको आरोप लगाएका छन्। सोमबार राजधानीमा पार्टीको रोल्पा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रममा पुनले ओली सरकारको भ्रष्ट, स्वेच्छाचारी, दमनकारी र निरंकुश प्रवृत्तिका कारण नवयुवामा चुलिएको असन्तुष्टि विस्फोट […]