प्रतिनिधि सभा निर्वाचन : शुक्रबारसम्म सबै मतपत्र छाप्ने तयारी

काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ कार्यलाई तीव्रता दिएको छ। केन्द्रले हाल दैनिक १५ लाखको दरले मतपत्र छापिरहेको जनाएको छ। केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार प्रत्यक्षतर्फ कुल दुई करोड तीन लाख मतपत्र आवश्यक रहेकामा बुधबारसम्म एक करोड ५३ लाख मतपत्र छापिसकिएको […]