थारूले नै बिर्सिएको थरूहट राजनीति

२ साउन २०५७ मा कमैया प्रथा अन्त्य हुनुअघिसम्म पश्चिमको थारू समुदायले केमा भोट हाल्ने भन्ने कुरा मालिकले नै तय गर्थे। थारू गाउँको अगुवा बरघर पनि जमिनदारको मुट्ठीमा हुन्थे। बरघरमार्फत मालिकले उर्दी जारी गर्थे, ‘अप्कि भोट फलाना चिन्हामे डर्ना बा, सब गँवल्यन बटा डिहिस। टरे उप्पर हुइ टो ठिक नाइ हुइ।’ (यसपालि भोट फलाना चिह्नमा हाल्नु […]