सञ्चारमन्त्री खरेलद्वारा राजीनामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिनुभएकाे छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीका लागि उनले पदबाट राजीनामा दिएको जानकारी दिइएको छ। स्रोतका अनुसार खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने तयारीमा हुनुहन्छ । […]