काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। डडेल्धुराबाट २०४८ सालदेखि निरन्तर चुनाव जितिरहेका देउवा यसपटक २१ फागुनको चुनाव नलड्ने भएका हुन्। उनका स्वकीय सचिव भानु देउवाले शेरबहादुर प्रतिनिधिसभा निर्वाचनमा सहभागी नहुने निर्णयमा पुगेको बताए। “उहाँले अब चुनाव नलड्ने घोषणा गर्नुभएको छ,” भानुले भने। देउवा २०७२ र २०७८ मा लगातार कांग्रेस […]