हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले भन्यो : पाइलटसहित सबै ६ यात्रु सकुशल

काठमाडौं– एयर डाइनेस्टी सर्भिसको हेलिकोप्टर बुधबार खोटाङमा दुर्घटनामा परेको छ। कम्पनीका अनुसार नाइन एन-एएफक्यू दर्ता नम्बरको हेलिकोप्टर मध्याह्न ११:५१ बजे खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा अवतरणका क्रममा असामान्य अवस्थाको सामना गर्दै दुर्घटनाग्रस्त भएको कम्पनीले जनाएको छ । काठमाडौंबाट बेलाबेंशीतर्फ पुगेको उक्त हेलिकोप्टरमा चालकसहित ६ जना सवार थिए। प्रारम्भिक विवरणअनुसार सबै यात्रु तथा पाइलट सकुशल रहेको […]