रामेछाप उद्योग वाणिज्य संघमा अध्यक्षबाहेक सबै निर्विरोध

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि अध्यक्ष बाहेक सबै पदमा निर्विरोध चयन भएको छ। संघको ९औँ जिल्ला अधिवेशनका क्रममा मंगलबार भएको मनोनयन दर्तामा १५ सदस्यीय कार्यसमिति मध्ये १४ पदमा एकल उम्मेदवारी परेपछि पदहरूमा निर्विरोध चयन भएको हो। अध्यक्षमा भने दुई जनाको उम्मेदवारी परेसँगै चुनावी प्रतिस्पर्धा हुने भएको छ। निवर्तमान महासचिव कुमार श्रेष्ठले […]