अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

काठमाडौं– नेपाली कांग्रेसले नेपाल सरकारले संसद् स्थगित गरेर अध्यादेशमार्फत कानुन निर्माण गर्ने कदमप्रति गम्भीर आपत्ति जनाएको छ।  पार्टीले यसलाई लोकतान्त्रिक मूल्य, संसदीय मर्यादा र संवैधानिक प्रक्रियाविरुद्धको कदम भन्दै कार्यपालिकाद्वारा व्यवस्थापिकामाथि स्पष्ट अतिक्रमण भएको आरोप लगाएको छ। सोमबार जारी प्रेस वक्तव्यमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले संसद्मा स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकारले बारम्बार अध्यादेशको बाटो रोज्नु शक्ति […]