कोहलपुरको थापा पोलिक्लिनिक घटनाबारे छानबिन गर्न समिति गठन, एक जना पक्राउ

काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिका-११ स्थित थापा पोलिक्लिनिकमा उपचारका क्रममा महिला बिरामीको गोप्य अंग छोएको आरोपसम्बन्धी घटनाको छानबिन गर्न नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पाँच सदस्यीय समिति गठन गरेको छ। असोज १७ गते भएको घटनाबारे अनलाइन उजुरी परेपछि अनुसन्धान गरी सत्यतथ्य विवरण पेस गर्न समिति गठन गरिएको परिषद्ले विज्ञप्तिमार्फत जनाएको छ। घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक […]