काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंका विभिन्न साइत सार्वजनिक गरेको छ। समितिका अनुसार असोज २५ गते आइतबार बिहान ११ः४७ बजे घटस्थापनाको साइत रहेको छ। यस दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापनाअघि सम्बन्धित शान्ति गरी पूजा आरम्भ गर्नु शास्त्रसम्मत हुने जनाइएको छ। दशैंको दोस्रो दिन अर्थात् असोज २६ गते सोमबार बिहान १०ः०७ […]