भोजपुरको चुनावी भिडन्तमा पुरानालाई नयाँको चुनौती

प्रतिनिधिसभा निर्वाचनका लागि भोजपुरमा पूर्वमुख्यमन्त्रीदेखि गाउँपालिकाका पूर्वअध्यक्षसम्मका उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रिएका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा १२ दल चुनावी मैदानमा छन्। यीमध्ये नेकपा (एमाले)का शेरधन राई (५५), नेपाली कांग्रेसका बालकृष्ण थापा (७३), नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अजम्बर राई काङमाङ (५८) र श्रम संस्कृति पार्टीका ध्रुवराज राई (४३)बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। राष्ट्रिय राजनीतिमा जल्दोबल्दो […]