जेन-जी घाइतेहरू र शहिदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै प्रधानमन्त्री कार्यालयको ढोकामा धर्ना

काठमाडौँ। जेन-जी सहिद परिवारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारको गेटमा धर्ना दिएका छन्। मासिक जीवन निर्वाह भत्ता दिने मन्त्रिपरिषद्‌को निर्णय कार्यान्वयन नभएको भन्दै सहिद परिवारहरू आन्दोलित बनेका हुन्। जेन-जी सहिद परिवार कल्याणकारी समाज समितिका सचिव रोशन गौतमका अनुसार विभिन्न मन्त्रालय धाइरहनु परेपछि बाध्य भएर प्रधानमन्त्री कार्यालयमै धर्ना बस्नुपरेको हो। ‘अब कहिले यता मन्त्रालय, कहिले उता […]