राष्ट्रपति पौडेलद्वारा भण्डारेश्वर महादेवको दर्शन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा आज काठमाडौँको सिफलस्थित भण्डारेश्वर महादेवको दर्शन एवं पूजाआराधना गरेका छन् । महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित आज पशुपतिनाथको दर्शन गरेपछि भण्डारेश्वर महादेवको दर्शनसहित पूजाआराधना गरेका हुन्।  राष्ट्रपति पौडेलललाई उक्त मन्दिरका पुजारीले टीका र फूलप्रसाद प्रदान गरेका थिए।