कर्णालीविरुद्ध पाचौँ विकेट गुमाएपछि सुदूरपश्चिम दबाबमा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत सोमबार जारी दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पाचौँ विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णाली याक्सविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको सुदूरपश्चिम दबाबमा परेको छ । खेलको १२ ओभर १ बलमा सुदूरपश्चिमका आरिफ शेख आउट भए । नन्दन यादवको बलमा आउट हुनुअघि उनले २७ रन बनाए । २५ […]